• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

May 18, 2023 |

भ्रष्टाचारमा दोषी पूर्वराष्ट्रपतिलाई तीन वर्ष जेल सजाय

672
SHARES
ShareTweet

एजेन्सी– भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।


ADVERTISEMENT


हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ । पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।


ADVERTISEMENT

# # #


पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानुनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो । दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousरूस र युक्रेनबीचको खाद्यान्न सम्झौता दुई महिना लम्बियो
Nextआजकाे माैसम : बाहिर निस्किदै हुनुहुन्छ, छाता बाेक्नुस है !

ताजा खबर

  • टिपरको ठक्करबाट वृद्धको मृत्यु
  • महिला टी-ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित
  • विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल
  • सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न दिन्नौँ : प्रधानमन्त्री ओली
  • ‘सिनेपा’ को निर्माण आरम्भः चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति : प्रधानमन्त्री

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved