काठमाडाैँ– नागरिकता र राहदानी प्रकरणमा अदालतमा फेरि मुद्दा खेप्नुपर्ने अवस्था आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले दिक्दारी व्यक्त गरेका छन् । उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेकाे बताउँदै भनेका छन्, ‘मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’
उनले अमेरिकी नागरिकता त्यागेकाेबारे पनि स्पष्टीकरण दिएका छन् ।
तीनबुँदे स्पष्टीकरणमा रवि भन्छन् :
१) सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ ।
२) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन: कायम गराएको छु ।
३) अदालतले झिकाउनू भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु । यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ। टेलिभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।
स्पष्टीकरणकाे अन्त्यमा रविले भनेका छन्–
घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।
जाउन पनि मिल्छ ।