काठमाडौं— टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् ।


ADVERTISEMENT


गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आजबाट जेलमुक्त भएका हुन् ।


ADVERTISEMENT

# # #


चौधरीलाई लिन उनका बुबा र आमा डिल्लीबजार कारागार पुगेका थिए । चौधरीको स्वागतका लागि नाउपाका नेता, कार्यकर्ता तथा शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । रेशमलाई फूलमालाले भव्य स्वागत गरिएको छ ।

२०७२ साल ७ भदौमा टीकापुरमा भएको हिंसात्मक प्रदर्शनमा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा रेशमलाई दोषी ठहर गरी अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।