• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

May 29, 2023 |

आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

576
SHARES
ShareTweet

जनकपुरधाम– जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष काशिराज दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यसैगरी बैठकले मनसुन, आगलागी, चट्याङलगायत विपद्जन्य घटनाको जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत विवरणसम्बन्धी प्रतिकार्य योजना तयार गर्न धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरी उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको दाहालले बताए ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं ३ धोवियाहीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ६ रौयाहीमा १५ शय्याको अस्पताल निर्माणका लागि सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ को नियम १० को उपनियम (१) बमोजिम सरकारी जग्गा उपयोग गर्न दिने वा लिजमा उपलब्ध गराउन सिफारिस समितिमा पेस गर्ने पनि बैठकले निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले वर्षात् सुरु हुनुअघि नै जोखिममा रहेका स्थानीय तहका नदी नियन्त्रण तथा अन्य कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद्बाट हुने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि हुने सम्पूर्ण तयारीमा उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्यका लागि तयार रहेको बताए ।

त्यसैगरी १८ वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुका साथै विपद् व्यवस्थापन समितिबाट लिनुपर्ने नदी नियन्त्रणलगायतका निर्णय समयमै गर्न आग्रह गरेका हुन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousलोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव : प्रधानमन्त्री दाहाल
Nextजेलमुक्त भए रेशम चौधरी

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved