• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




मणिपुर हिंसामा प्रहरीसहित पाँच जनाको मृत्यु

May 30, 2023 |

मणिपुर हिंसामा प्रहरीसहित पाँच जनाको मृत्यु

582
SHARES
ShareTweet

एजेन्सी– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।


ADVERTISEMENT


स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए । आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन् । परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन् ।


ADVERTISEMENT

# # #


गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासी विरोध प्रदर्शनको क्रममा यो महिनाको प्रारम्भमा राज्यका विभिन्न भागमा हिंसात्मक दङ्गा भएका थिए ।

स्थितिको मूल्याङ्कन गर्न सङ्घीय गृहमन्त्री अमित शाहको आजदेखि हुने चारदिने भ्रमणको पूर्वसन्ध्यामा दङ्गा भड्केको हो ।

नयाँदिल्लीस्थित समाचारप्रधान टेलिभिजन च्यानल एनडीटीभीका अनुसार जातीय झडपमा हालसम्म कम्तीमा ८० जनाको ज्यान गएको छ भने झन्डै तीन सय जना घाइते भएका छन् । एक हजार सात सय घर खरानी भएका छन् ।


#
#

#









#




#


#


Share:

Rate:

Previousदेशकाे अर्थतन्त्र उकास्न व्यवसायलाई सार्कसँग जाेड्नुकाे विकल्प छैन : चण्डी ढकाल
Nextकलाकारसहित सञ्चारकर्मी पुरस्कृत

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved