काठमाडाैँ– नेपालबाट सार्क चेम्बर अफ कमर्सकाे प्रतिनिधित्व तथा नेपाली व्यवसायलाई सार्कमा थप अव्वल बनाउने याेजनाका साथ सार्क चेम्बर अफ कमर्स ‘टेक ओभर एण्ड ह्याण्ड ओभर’ कार्यक्रमका लागि नेपालि प्रतिनिधि बंगलादेशमा छन् । नेपालबाट सार्क चेम्बर अफ कमर्स ‘टेक ओभर र हेण्ड ओभर’ तथा क्षेत्रीयगत रुपमा रहेका अवसरका बारेमा छलफल गर्न गत ११ जेष्ठमा १२ सदस्य टाेली प्रस्थान गरेका थिए ।
बैठकमा सार्क चेम्बर अफ कमर्सकाे संयाेजक्त्व बंगलदेशलाई हस्तान्तरण गरिएकाे छ भने उक्त अवसर नै पारि चेम्बरकाे ८१ आैँ कार्यान्वय कमिटिकाे बैठक तथा २६ आैँ साधारण सभाकाे समेत आयाेजना गरिएकाे थियाे । यस कार्यक्रममा भाग लिन नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका चण्डीराज ढकालकाे नेतृत्वमा उद्याेग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकाल, जाेसना श्रेष्ठ, डा. राम गिरि, राजेन्द्र शेरचन, गाेपाल खनाल, सुनिल नारायण श्रेष्ठलगायतका प्रतिनिधिहरु गएका थिए ।
त्यस्तै हिमालय पाेष्टसँगकाे कुराकानीमा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले असाेज महिनामा साउथ एसियन बिजनेश फाेरमकाे मिटिङ नेपालमा गर्ने र त्यस्काे आयाेजक नेपालनै रहने भन्ने प्रस्ताव गरिएकाे बताए । त्यस्तै नेपाली व्यपार तथा व्यवसायलाई सार्कमा मात्रै पनि परिचित गराउन पाएमा ठुलाे युवा जनशक्तिलाई जाेड्न सकिने ढकालले बताए ।
उक्त कार्यक्रमकाे आयाजना गर्न तथा सहभागिता जनाउन १०० जना मानिस नेपाल आउने छन् भने सार्कलेसमेत साथ दिने चण्डी ढकालले बताएका छन् ।
साथै नेपाली व्यवसाय र नेपाली उत्पादीत बस्तुाई ट्रेड फेयरकाे माध्यमबाट सार्ककाे बजार सम्म लग्न ढकालले समन्वय गरिरहेका छन् भने उनी यसका लागि पराराष्ट मन्त्रीलाई अनुराेध गर्ने समेत उल्लेख गरेका छन् । ढकालले भने, ‘विशेष गरेर के छ भने अहिले आर्थीक संकट देखिरहेकाेे हुनाले सार्क ले ठुलाे सँख्यामा रहेकाे युवालाई व्वसायीक शिप विकास र युवा लक्षित कार्यक्रम गर्ने याेजना बनाएकाे छ । जसलाई नेपालले ट्रेड फेयरकाे माध्यमबाट जाेड सकिन्छ ।’
त्यस्तै चिनकाे मताहतमा रहेकाे सिसिपीइआइटीसँग समेत समन्वय गरेर नेपाली अर्थतन्त्रलाई थप सवल तथा उर्जाशील बनाउन र नेपाललकाे भाैगालीक विषयलाई व्यवसायीक रुपमा जाेड्न पनि प्रस्ताव लग्ने गरिकाे याेजना बनीरहेकाे बताए ।
त्यस्तै नेपालबाट प्रतिनिधित्व गर्दै बंगलादेश पुगेका प्रतिनिधिले पर्यटन व्यवसाय, इन्भेस्टमेन्ट क्षेत्रलाई ध्यानमा राख्दै यस क्षेत्रमा थप जाेड तथा सवल बनाउन दिर्घ याेजना बनाउन जाेड दिएकाे बताएका छन् ।
उनीहरुले अहिलेकाे प्रतिनिधित्वमा हाइड्राे, हस्पिटल, शिक्षा क्षेत्रमा लगानी वृद्धिका विषय लगायतकाे विषयमा कुराकानी राख्दै कार्यक्रममा सहभागिता जनाएका छन् ।