काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीलाई विदाई गरेको छ ।


ADVERTISEMENT


आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगाएतले नेपाली महिला टोलीलाई विदाई गरेका हुन् । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ ।


ADVERTISEMENT

# # #


नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ ।