काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो मात्रै भारतबाट फर्किएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा गत बुधवार भारत पुगेका उनी विभिन्न महत्वपूर्ण द्वि–पक्षीय सम्झौतासहित शनिवार मात्रै नेपाल फर्किएका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणसम्बन्धमा विज्ञप्ति सार्वजनिक गर्दै भारतीय विदेश मन्त्रालयले भ्रमणका दौरान दुई छिमेकी मुलुकबीच फलदायी छलफल भएको बताएको छ । ‘भ्रमणका दौरान भएका फलदायी छलफलले दुई देशबीचको समझदारी र द्विपक्षीय एजेण्डाका विविध पक्षको दृष्टिकोणलाई फराकिलो पार्नुका साथै हामीबीचको गहिरो साझेदारीलाई नयाँ मोड दिन सघाउ पुर्याउनेछ’, विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


चारदिने उक्त भ्रमणमा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएका महत्वपूर्ण सहमतिले मुलुकको विकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । यस्तै, द्विपक्षीय तीे सम्झौताहरुले नेपाल–भारतबीचको सम्बन्ध थप प्रगाढ हुने बताउँदै भारतीय प्रधानमन्त्री मोदीले सीमा लगायतका अन्य समस्याको पनि समाधान खोज्ने समेत जिकीर गरे ।

भ्रमणमा दुईदेशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने, सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पु¥याउने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउन, नपालले एक दशकमा १० हजार मेगावट बिजुली भारतलाई बेच्नेलगायतका विभिन्न ७ क्षेत्रसम्बन्धि सम्झौताहरु भएका छन् ।

सम्मेलनमा प्रधानमन्त्रीद्वयले केहि परियोजनाहरुको संयुक्त रुपमा बटन थिचेर उद्घाटन समेत गरेका थिए ।