काठमाडौँ– कोशी प्रदेशको माओवादी केन्द्र आज बैठक बस्दैछ । मंगलबार दिउँसो बस्ने भनिएको उक्त बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिनेबारे निर्णय गर्ने माओवादीका एक नेताले बताए ।


ADVERTISEMENT


‘आज बस्ने बैठकमा सरकार छोड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्दैछौँ’, उनले भने ।  सत्तामै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सामेल भएपछि आफूहरु सरकार छाड्ने निर्णयमा पुगेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्रीहरू फिर्ता गराउने तयारी गरिरहँदा एकापट्टि भने माओवादीबाहेक सरकारमा रहेका दलहरूको बैठक भर्खरै मात्र सम्पन्न भएको छ । बैठकले एमाले नेतृत्वको सरकारको विकल्पबारे अहिले नसोचेको निस्कर्ष निकालेको सरकारमा रहेको राप्रपाले प्रस्ट पारेको छ ।

अहिले प्रदेश मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की रहेका छन् । कार्कीसहित राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाको संयुक्त बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो ।