• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

Jun 6, 2023 |

एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल र म्यान्मा भिड्ने

1.1k
SHARES
ShareTweet

काठमाडाैँ– एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ ।


ADVERTISEMENT


नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन् । नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।


ADVERTISEMENT

# # #


नेपाली टोलिका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने बताए । उनले भने, ‘फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।’

नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न ।

यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् ।

फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् । यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ ।


#
#

#









#




#


#


Share:

Rate:

Previousराष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो
Nextकोशी प्रदेश : सरकारबाट बाहिरिदैँ माओवादी केन्द्र, एमालेलाई यथावत् साथ दिने राप्रपाको स्पष्टोति

ताजा खबर

  • ठिमीमा जेसुम यात्रास् संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
  • समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : अध्यक्ष यादव
  • गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु
  • सुन्धारामा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved