काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले महिला इमर्जिङ टिम्स एशिया कप खेल्न पाउने भएको छ । १२ जुन (आगामी सोमबार)देखि हङकङमा हुने प्रतियोगितामा प्राविधिक कारणले थाइल्याण्डले नाम फिर्ता लिएसँगै नेपालले मौका पाएको हो ।


ADVERTISEMENT


८ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’बाट खेल्ने भएको एशियन क्रिकेट काउन्सिलले जनाएको छ । जसमा नेपालले भारत र पाकिस्तानको ‘ए’ टोलीसँग खेल्ने अवसर पाउने छ भने समूह चरणमा हङकङसँग पनि खेल्नेछ ।


ADVERTISEMENT

# # #


जस अनुसार नेपालले पहिलो खेल जेठ ३० गते पाकिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ भने जेठ ३२ गते दोस्रो खेलमा भारतविरुद्ध खेल्नेछ । तेस्रो खेल नेपालले असार २ गते खेल्ने तय भएको छ । नेपाली महिला टोलीले अहिलेसम्मकै उच्च स्तरको प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

यसअघि नेपाली महिला टोलीले यही हप्ताको सुरुवातमा मलेसियासँगको ५ खेलका टी–२० सिरिज ३–२ ले जितेको थियो । इमर्जिङ टिम्स एशिया कपको समूह ‘बी’मा बंगलादेश, श्रीलङ्का, युएई र मलेसिया रहेका छन् ।