काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ११.९६३१ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ।


ADVERTISEMENT

#


नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ।