काठमाडौँ– काठमाडौँ महानगर प्रमुख बालेन साह आफ्नो कार्यकालको शुरुवाती दिनदेखि नै सबैको नजरमा पर्दै आएका छन् । पछिल्लो समय रामायणमा आधारित भारतीय चलचित्र आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवास्पद संवादकै कारण महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएपछि थप चर्चामा आएका उनको यस कदमलाई अधिकांशले समर्थन गरेका छन् ।


ADVERTISEMENT


जानकीको जन्मथलो जानकी मन्दिर नेपालमै भएको साथै नेपालकी विभूति समेत रहेकी सीतासम्बन्धि उक्त संवाद सच्याउने कुटनीतिक पहल थाल्न भन्दै महानगरले मन्त्रालयलाई पत्राचार समेत गरेको थियो ।


ADVERTISEMENT

# # #


तर, सरकारी निकायबाट समन्वयको कुनै छनक नदेखिएपछि बालेनले हिजो एउटा कविता लेखेका छन् । राष्ट्रवादले भरिपूर्ण उक्त कविता हालको सन्दर्भसंग जोडिएको अनुमान गर्न सकिन्छ ।

उनको कविता यस्तो छ :

जब देशमा सबै मरेका हुन्छन् ,

तब एक जनाले सास फेरेर देखाउनु पर्छ,

की, म बाचेको छु ।

मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु ।

म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।

मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,

तर मेरो देशलाई, देश त ठानेको छु ।