काठमाडौँ– काठमाडौँ महानगरपालिकामा आजदेखि हिन्दी फिल्म नचलने भएको छ । हाल प्रदर्शनरत दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाइएको भन्दै आजदेखि महानगर हाताभित्र हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको हो ।


ADVERTISEMENT


मेयर बालेन शाहले हिन्दी चलचित्रमा भ्रमपूर्ण संवाद भएको भन्दै उक्त संवाद नेपालमा मात्रै नभई भारतमा समेत सच्याइनुपर्ने बताएका थिए । यसका लागि उनले ३ दिनको समयसमेत दिएका थिए । उक्त संवाद नेपालमा हटाएर प्रदर्शन गरिएता पनि दिइएको समयसीमा अवधिसम्म भारतमा हटाइएको कुनै खबर प्राप्त नभएको महानगरले जनाएको छ । यसका लागि महानगरले हलहलमा नगर प्रहरी खटाउँदैछ ।


ADVERTISEMENT

# # #


यससम्बन्धमा सरकारलाई कुटनीतिक पहल थाल्न भन्दै महानगरले पत्राचार समेत गरेको थियो । यद्यपि मन्त्रालयले यसबारे केही सहयोगको तत्परता नदेखाएको महानगरको आरोप छ ।

यता चलचित्र संवादबारे लेखक मनोज मुन्तशिरले भने संवाद नहटाई अटेरी गरेको र यस सम्बन्धमा उल्टो त्यसबखत ‘नेपाल भारतकै अंश रहेको’ भनी दिएको विवादास्पद अभिव्यक्ति समेत दिन भ्याएका छन् ।