काठमाडौँ– नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गल्फुटारबाट पक्राउ गरेको हो।


ADVERTISEMENT


सांसद शर्मालाई आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार शर्माको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएकोले यससम्बन्धमा थप अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो । उनीसंगै अन्य ८ जना समेत पक्राउ परेको बुझिएको छ ।


ADVERTISEMENT

# # #


शर्माले १०० किलो सुन प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतकै संलग्नता रहेको भन्दै संसदमा राजीनामा माग गरेका थिए । साथै उनले सुन प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसदमै आमरण अनसन बस्ने चेतावनी समेत दिएको थिए ।

गत मंसिरमा भएको निर्वाचनमा मोरङ– ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा मेडिकल व्यवसायी समेत हुन् ।