काठमाडौँ – लगातार आकर्षक नाफा कमाइरहेको नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरेको छ । बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले सर्वसाधारणलाई शेयर जारी गर्नका लागि आवश्या प्रक्रिया सुरु भइसकेको बताए ।


ADVERTISEMENT


उनले विद्युत प्राधिकरण ऐन, २०४१ ले दिएको व्यवस्था अनुसार शेयर जारी लगायतका विषयमा तेस्रो वित्तीय पुनर्संरचना भनेर प्राधिकरणको बोर्डले स्वीकेृत गरेर अर्थमन्त्रालयको सहमतिका लागि पठाएको बताए । उनले भने, ‘त्यहाँबाट मन्त्रिपरिषद्मा गएर स्वीकृत भए पनि शेयर जारी हुन्छ ।’


ADVERTISEMENT

# # #


शेयर जारी गर्ने विषय प्रक्रियामा रहेकाले केही समय लाग्ने उनले बताए । उनले भने, ‘प्राधिकरणको बोर्डले स्वीकृत गरिसकेको छ । धितोपत्र बोर्डले पनि स्वीकृत गर्नुपर्छ ।’

प्राधिकरणको नाफा १२ अर्ब

प्राधिकरणले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९/८० मा  १२ अर्ब रुपैयाँ खुद नाफा कमाको छ । यद्दपि यस वर्ष प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा घटेको छ । प्राधिकरणले २०७८/७९ मा कम्पनीले कुल १३ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो ।

यद्दपि प्राधिकरणको आम्दानी भने १२ अर्बले बढेको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ खर्ब बढी आम्दानी गरेको छ । जबकी प्राधिकरणले आर्थिक वर्ष २०७८/७९मा ८८ अर्ब १३ करोड आम्दानी गरेको थियो ।

भारतमा पनि विद्युत निर्यात गर्दै आएको प्राधिकरणले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९/८० मा १९ अर्ब ४४ करोड बराबरको विद्युत आयत गरेको थियो । तर, निर्यात् भने १९ अर्ब ४५ करोडको बिजुली निर्यात गरेको छ । प्राधिकरणले सुख्खा मौसममा भारतबाट विद्युत आयात गर्दै आएको छ भने वर्षात्को समयमा विद्युत निर्यात गर्दै आएको छ ।