काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा समसामयिक विषयमा छलफल भएको हो।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटमा पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिका विषयमा कुराकानी भएको थियो।
























