काठमाडौं– नर्सहरुलाई न्याय गर्न सरकारसँग माग गर्दै वीर अस्पतालका नर्सहरुले पनि विरोध प्रर्दशन जारी राखेका छन् ।
सोमबार पनि वीर अस्पतालका नर्सहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निश्कासनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्न माग गर्दै ३ घण्टा काम छोडेर विरोध प्रर्दशन गरेका हुन् ।


ADVERTISEMENT


हातमा कालोपटी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले नर्सहरुको सेवा, सुविधा वृद्धि गर्नुपर्ने सहितका ११ बुँदे माग राखेका छन् ।


ADVERTISEMENT

# # #


नर्सहरुमाथि न्याय दिलाउन सरकारसँग माग गरेर विरोध प्रर्दशनमा उत्रनु परेको नेपाल नर्सिंङ संघकी महासचिव लक्ष्मी केसीले जानकारी दिइन् ।

उनले नर्स पेशालाई राज्यले न्याय नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिइन् । नर्सहरुले स्वास्थ्य मन्त्रालय अन्तरगत छुट्टै नर्स महाशाखा स्थापना गरी नर्सिङ पेशालाई व्यवस्थित बनाउन पनि सरकारसँग माग गर्दै आएका छन् ।