काठमाडौँ —  श्रीलङ्कामा जारी एसिया कपमा पाकिस्तानविरुद्ध भारतको खराब सुरुवात भएको छ।


ADVERTISEMENT


पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले २ विकेट गुमाएको छ । भारतले ९.२ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ। पानी परेपछि रोकिएको खेल पुनः सुरु भएपछिको ओभरमा कप्तान रोहित शर्मा र विराट कोहली आउट भएका हुन् ।


ADVERTISEMENT

# # #


पाकिस्तानका बलर शाहिन शाह अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए ।

रोहितले २२ बलमा २ चौका हाने । सातौं ओभरको तेस्रो बलमा विराट कोहली पनि अफ्रिदीको बलमा ५ रनमा बोल्ड आउट भए । भारत र पाकिस्तानबीचको खेल जारी छ ।