काठमाडौँ — कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ आइतबार हुँदैछ । शुक्रबारको निर्धारित मुद्दा हेर्न नभ्याइएपछि आइतबारको लागि सारिएको हो ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए ।
कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको मुद्दाको प्रारम्भिक सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको थियो । सोही कारण हेर्न नमिल्ने भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।