काठमाडौँ —नेपालले आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा आइतबार भुटानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।
नेपालले मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।
शीर्ष २ टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने २ टोलीले २०२४ मा ग्लोबल महिला टि–२० विश्वकप खेल्न पाउनेछन् ।