काठमाडौँ — संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार काठमाडौं आउँदै छ । नेपाली सेना र अमेरिकी सेनाबीच यही भदौ २४ देखि असोज १२ गतेसम्म संयुक्त सैन्य अभ्यास हुँदैछ । उक्त सैन्य अभ्यासको यो ४०औं संस्करण हो ।
संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका ३० जना अधिकृत तथा अन्य दर्जाको सहभागिता रहने बताइएको छ । संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ ।