काठमाडौँ — संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । संघीय संसद्को महासचिव डा.भरतराज गौतमका अनुसार आजको बैठकका लागि २ वटा कार्यसूची रहेका छन् ।


ADVERTISEMENT


कार्यसूचीअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म) पेस गर्नेछन् ।