राहुल गुप्ता, वीरगञ्ज– प्रहरीले अवैध रुपमा भित्रिएको ८०० केजी बरामद गरेको छ । सशस्त्र प्रहरीले सोमबार वीरगञ्ज–१० स्थित बजरङ्गटोलमा लुकाई छुपाई राखेको अबैध ८०० केजि काजु बरामद गरेको हो ।
प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह तथा भन्सार कार्यालयका अधिकृत दीपेन्द्र शर्मा पौडेलको संयुक्त टोलीले ठाकुरराम बहुमुखी क्याम्पस पछाडि रहेको बजरङ्ग टोलको एक गोदाममा छापा मार्दा भण्डार गरी राखिएको अवस्थामा ८०० केजी काजु भेटिएको थियो ।
बरामद काजुको बजार मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको उपरीक्षक सिंहले बताए । सो काजु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।