काठमाडौँ– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादी रौतहट काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष समेत रहेका ५९ वर्षिय विश्वकर्माको उपचारको क्रममा अलका अस्पताल जाउलाखेलमा मंगलबार निधन भएको हो ।


ADVERTISEMENT

# # #


यसैबीच शंकर विश्वकर्माप्रति श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको थियो । अध्यक्ष माधव नेपाल लगाएतका नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।