काठमाडौँ– गैरीगाउँस्थित भएको घटना प्रकरणमा सीसीटीभीको आधारमा प्रकाउ व्यक्तिले नै सबैको हत्या गरेको पुष्टि भएको छ । शुक्रवार राति चार जनाको सामूहिक हत्या गरिएको घटनामा आज पक्राउ सो व्यक्तिले नै सबैको हत्या गरेको प्रहरीले निस्कर्ष निकालेको हो ।


ADVERTISEMENT


शुक्रवार राति काठमाडौँ महानगरपालिका–३२ तीनकुने गैरीगाउँमा चारजनाको शव एकैठाउँमा फेला पारेको थियो । तीमध्ये तीन जना एकै परिवारका भएको अनुसन्धानबाट खुलेको छ ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार

गैरीगाउँमा वीभत्स हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका, एक जना पक्राउ

गैरीगाउँ घटना अपडेट : थप एक व्यक्ति पक्राउ

हत्या हुनेहरुमध्ये दिव्य सःमिलका सुरक्षागार्ड कुमार भुजेल, कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राई रहेका छन् ।

यससम्बन्धमा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । तर, घटनामा उनको संलग्नता नदेखिएपछि प्रहरी सीसीटिभी फुटेजको आधारमा थप एक व्यक्तिलाई पक्राउ गरेको हो ।

यद्यपि प्रकाउ उक्त व्यक्ति बोल्न नसक्ने भएकाले उनले के कति कारणले हत्या गरेको हो ? भन्ने तथ्य भने सामुन्ने आई नसकेको प्रहरी स्रोतले बताएको छ । यसका लागि प्रहरीले सांकेतिक भाषा बुझनेलाई झिक्ने  तयारी थालेको छ ।