काठमाडौँ – एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक श्रीलङ्कालाई १० विकेटले हराउँदै भारतले आठौँ पटक एशिया कप जितेको हो ।


ADVERTISEMENT


भारतीय तीव्रगतिका बलर मोहम्मद सिरजले शानदार बलिङ गरेपछि कोलम्बोस्थित आर प्रेमदशा क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको श्रीलङ्का ५० रनमै समेटियो । जवाफी ब्याटिङमा उत्रिएको भारतले ६.१ ओभरमा सबै विकेट गुमाउँदै जित हात पारेको हो ।


ADVERTISEMENT

# # #


त्यसक्रममा सुभमन गिलले १९ बलमा ६ चौकाको मदतमा नटआउट २७ रन हाने भने इशान किसनले १८ बलमा ३ चौकाको मदतमा नटआउट २३ रन बनाए ।

सअिघि एकै ओभरमा ४ विकेट गुमाएपछि श्रीलङ्काले एकदिवसीय क्रिकेटमा आफ्नो दोस्रो सबैभन्दा कम रनको कीर्तिमान बनायो । श्रीलङ्काका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए । उनले ३४ बलमा ३ चौका प्रहार गरे । यस्तै डसुन हेमन्थाले नटआउट १३ रन बनाए भने डुनिथ वेलालगेले ८ रन बनाउनुबाहे अन्यले बिर्सिनलायक ब्याटिङ गरे । श्रीलङ्काका ५ जना ब्याटर शून्य रनमा आउट भए ।

भारतका सिराजले खेलको चौथो ओभरको पहिलो बलमै पथुम निस्साकालाई रवीन्द्र जडेजाबाट क्याच आउट गराएपछि श्रीलङ्काको पतन सुरु भयो । अर्को बलमा कुनै पनि रन बटुल्न नसकेको श्रीलङ्कालाई सिराजले त्यसपछि लगातार २ बलमा २ विकेट लिए भने अर्को बलमा कुनै पनि रन दिएनन् । अन्तिम बलमा अर्को विकेट हात पार्दै उनले एकै ओभरमा कुनै पनि रन नदिएर ४ विकेट चट्काएका हुन् ।

सिराजले कूल ७ ओभर बलिङ गरेर एक मेडेन राख्दै २१ रन खर्चिएर ६ विकेट लिएका हुन् । जुन उनको एकदिवसीयमा आजसम्मकै उत्केष्ट प्रदर्शन हो । यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ रन दिएर ३ विकेट चट्काए भने जस्प्रित बुम्राह बुम्राहले ५ ओभरमा एक मेडेन राख्दै २३ रन खर्चिएर १ विकेट लिए ।