काठमाडाैँ – संयुक्त राष्ट्रसंघको महासभामा भाग न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


आइतबार सम्पन्न सो भेटमा उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ।


ADVERTISEMENT

# # #


साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।