काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले मुलुकमा शान्ति सुरक्षा नरहेको बताएका छन् ।


ADVERTISEMENT


शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा सभापति बानियाँले कांग्रेसका नेताहरूमाथि आक्रमण भएको बताए । उनले शान्ति सुरक्षा नभएकै कारण चिकित्सकहरूमाथि आक्रमण भएको बताए । उनले भने, ‘अस्पतालहरूमा प्राविधिक चिकित्सक र नर्स पाउन नसकिने अवस्था भइसकेको छ । गाउँ पूरै खाली हुने अवस्थामा छ ।’


ADVERTISEMENT

# # #


कांग्रेस सरकारमा हुँदा पनि दिन प्रतिदिन मुलुकको शान्ति सुरक्षा कमजोर हुँदै गएको उनले बताए ।

सभापति बानियाँले कांग्रेस झाडीमा अल्झिएको बताएका छन् । कांग्रेस कहिँ अल्मलिरहेको भन्दै उनले चिन्ता जनाएका छन् ।

‘ऐसेलुको झाडीमा महिला दिदीबहिनीहरूको साडी झाडीमा अल्झिए जस्तो, जताततै प्वाल परे जस्तो, त्यस्तै कांग्रेस पनि सिद्धान्त र बिचार राम्रो भए पनि व्यवहारले अगाडि बढ्न नसकेर पूरै प्वालै प्वाल परेको छ’, उनले भने ।

सभापति बानियाँले निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । उनले भने, ‘संविधानमा निर्वाचन प्रणालीलाई हामीले केही परिवतन गरेर अगाडि बढ्यौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन ।’