राहुल गुप्ता, पर्सा – कान्तीदेवी विनको हत्याको घटनामा संलग्न ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी घटनामा सलग्न रहेका व्यक्तिलाई ३ जनालाई पक्राउ परेका सार्वजनिक गरेको हो । गत असोल २ गते पर्साको जगन्नथपुर गाउँपालिका–५ की कान्तीदेवीको घाँटी रेटेर, रड प्रहार गरी हत्या भएको थियो ।


ADVERTISEMENT

# # #


उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साले उनका देवर र जेठाजूसहित तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कान्तिदेवीका देवर पर्ने ३६ वर्षीय लालबाबु राउत विन, जेठाजू पर्ने ५६ वर्षीय चन्द्रिका राउत विन र ५७ वर्षीय अमिका राउत विन रहेका छन् ।

कान्तिदेवीको माटोले बनेको घरमै पछाडिबाट प्वाल बनाएर त्यसबाट भित्र छिरेर हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार विदेशमा रहेका छोराले पठाएको पैसा तमासुक बनाएर लेनदेनको काम गर्दै आएकी कान्तिदेवीसँग २ लाख ५० हजार रुपैयाँ रहेको र त्यो चोरी गर्नुपर्छ भनेर घर छिरेकका थिए । तर, कान्तिदेवीले थाहा पाएपछि होकल्ला गरेपछि अभियुक्तहरुले उनको हत्यार गरेको अनुसन्धानबाट खुलेको हो ।

पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गराएर थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।