काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका बिषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।
शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केहि ढिलाइ भएपनि यस विषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन् । उनले केही दिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दाबी गरे ।
‘गभर्नर नियुक्ति कहिले हुन्छ भन्ने एउटा प्रश्न उठेको छ । यसमा सरकारले नियमित, छलफलकै क्रममा छ । सरकराले सरलाई छिटोभन्दा छिटाने निष्कर्षमा पुर्याउँछ ।’ उनले भने, ‘गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलहरुबीच कुनै मतभेद, असझदारी छैन । केही दिनभित्रै तपाईंहरुले गभर्नर नियुक्ति भएको सूचना थाहा पाउनुहुन्छ ।’
गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए । फरक प्रसंगमा बर्तौलाले संविधान बिपरित गतिविधि गर्ने जोकोहिलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।