काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो जित हात पार्दै नेपाल फाइनल प्रवेश गरेको छ । शनिबार हङकङलाई ७९ रनले हराएसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT


मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह एरीले शानदार ब्याटिङ गरेपछि २१३ रनको उच्च स्कोर बनायो । जवाफी ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरमा  ८ विकेट गुमाउँदै १३४ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


हङकङका लागि अंशुमान रथले सर्वाधिक ४५ रन बनाए । उनले ४२ बलमा ६ चौका प्रहार गरे । यस्तै एजाज खानले २५ तथा बाबर हायातले २० रन बनाए । यस्तै हरुन असरतले १२ तथा स्कट मेकेच्नाईले ११ रन जोडे ।

बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २–२ विकेट लिए । यस्तै प्रतिश जिसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे । आजै डेब्यू गरेका प्रतिशले टी–२० अन्तर्राष्ट्रियमा पहिलो विकेट लिएका हुन् ।

यसअघि नेपालका लागि कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनीहरुले टी–२० अन्र्तर्राष्ट्रियमा पाँचौँ विकेटका लागि सर्वाधिक रन साझेदारीको विश्व कीर्तिमान बनाए । सोक्रममा कुशलले ४१ कलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाएर आउट भए । यस्तै दीपेन्द्रले ३४ बलमा ६ चौका र २ छक्काको मदतमा ५७ रन जोडे । यस्तै आशिफ शेखले २० तथा कप्तान रोहित पौडेलले २० रन बनाउँदा कुशल भुर्तेलले २ रन तथा सोमपाल कामीले ८ रन जोडे ।

बलिङतर्फ हङकङका हरुन असरत र मोहम्मद घजान्फरले समान २–२ विकेट लिए । यस्तै एजाज खान र आयुश शुक्लाका नाममा समान १–१ विकेट रह्यो ।

नेपालले समूहचरणको अन्तिम खेल सोमबार यएईसँग खेल्नेछ । युएईले हङकङसँग २ खेल खेल्नै बाँकी रहेकाले ती दुई खेलको नतिजाले फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।