काठमाडाैँ – प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव आज (आइतवार) नेपाल ल्याइँदै छ । बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शवहरू आइपुग्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


सचिवालयका अनुसार शव बुझ्न  परराष्ट्र मन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने छन् ।  आज नेपाल ल्याइपुर्‍याइने चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीका रहेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौं ल्याइने शवलाई आजै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ ।

हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो । १० मध्ये चार जनाको शव ल्याइए पनि बाँकी ६ जनाको शव भने ल्याउन बाँकी छ ।