काठमाडौं– नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशन आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालय परिसरस्थित अडिटोरियम हलमा आयोजना हुने महाधिवेशनको औपचारिक उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने कार्यक्रम तय भएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज दिउँसो १ बजे उद्घाटन सत्र हुने छ, जहाँ उनले महाधिवेशनलाई सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT

# # #


शसक्त जनवर्गीय संगठनको रूपमा चिनिने अनेरास्ववियुमा यसपटकदेखि ३२ वर्ष उमेरहद लागू गरिएको छ, जसले संगठनमा युवापुस्ताको प्रतिनिधित्व अझ सशक्त हुने अपेक्षा गरिएको छ।