काठमाडौं-बन्दको अबज्ञा गरेको भन्दै प्रदर्शनकारीले एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् । डोटीको बुडर क्षेत्रमा रहेका आन्दोलनकारीले राति दुई बजेतिर गाडीहरु तोडफोड गरेका हुन् । डडेल्धुरा, बैतडी, बझाङ लगायतका जिल्लाबाट कैलाली र कञ्चनपुरतिर जान लागेका गाडीहरुलाई तोडफोड गरिएको हो ।


ADVERTISEMENT


डोटीको गैरा क्षेत्रमा प्रदर्शनलाई नियन्त्रणमा राखेर प्रहरीले गाडीलाई गन्तव्यतर्फ पठाएको थियो । गैराबाट अगाडी गएका गाडीहरुलाई बुडर क्षेत्रमा पुग्दा त्यहाँ रहेका प्रदर्शनले तोडफोड गरेका हुन् । ‘यात्रु बाहक बससहित, मालबहाक ट्रक, निजी जीपलगायतका सवारी साधन तोडफोडमा परेका हुन्’, नेबिसंघ जिल्ला अध्यक्षबाट भर्खरै राजीनामा दिएका गणेश खड्काले भने, ‘बन्दको जानकारी हुँदाहुँदै पनि चलाएकाले आक्रोशित प्रदर्शनकारीको तोडफोडमा परेको बताए । ताकरीब १५ वटा गाडी तोडफोडमा परेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


सरकारले आफ्नो निर्णय सच्याएर प्रदेशको राजधानी दिपायल कायम नगरेसम्म आन्दोलनका कार्यक्रम नरोक्ने नेविसंघ अध्यक्ष खड्काले बताए । सात जिल्ला ठप्प हुँदा सरकारले नसुनेकोले आन्दोलन थप शशक्त बनाउने उनले बताए ।

प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल कायम गरिनुपर्ने माग राख्दै २६ दिनदेखि डोटीमा भएको विरोध प्रदर्शनले जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । सरकारले प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेसंगै डोटीमा आन्दोलन झनै चर्केको हो ।

डोटीमा गरिएको विरोध कार्यक्रमले प्रदेशका सातवटै पहाडी जिल्लालाई प्रभावित तुल्याएको छ । सात वटै जिल्लानका सवारी साधन नचल्ला यात्रुहरु समस्यामा परेका पर्नुका साथै दैनिक उपभोग्य सामाग्रीकोसमेत ढुवानी हुनसिकरहेको छैन । सरकारले आफ्नो निर्णय फिर्ता लिएर प्रदेशको राजधानी दिपायल कायम नगरेसम्म विरोध आन्दोलन जारी रहने एमाले जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले बताए ।

सेना परिचालित
प्रदेश मागगर्दै भईरहेको डोटीको आन्दोलनमा सुरक्षाको दृष्टिकोण राख्दै जिल्ला सुरक्षा समितिले नेपाली सेना समेत परिचालित गरेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा दिपायल क्षेत्रमा शुक्रबार रातिदेखि सेनाको गस्ती टोली परिचालन गरिएको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले भने सेना परिचालन गरिएको भन्दा पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर तयारी अवस्थामा राखिएको जानकारी दिए । जिल्लाको अन्य सुरक्षा अवस्था समेत कडा पारिएको छ । कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुबाट थप सुरक्षा बल ल्याइएको छ ।