काठमाडौं-धनकुटामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा र आन्दोलनरत पक्षले आव्हान गरेको आम हड्ताल जारी रहँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।


ADVERTISEMENT


धनकुटामा आज चौथो दिन पनि निषेधाज्ञा कायमै छ । बन्दकर्ता र प्रशासनको दोहोरो चपेटामा सर्वसाधारणको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । सम्बन्धित पक्षले आ–आफ्ना अडान कायमै राखेपछि अवस्था दयनीय बन्दै गएको हो । राजधानीको अस्थायी मुकाम अन्यत्र घोषणा भएसँगै स्थानीयबासीमा तीव्र असन्तुष्टी बढेको छ ।


ADVERTISEMENT

# # #


आन्दोलन परिचालन समितिले आह्वान गरेको लगातारको आमहड्तालका कारण यातायात, बजार, पसल, उद्योग, शिक्षणसंस्था ठप्प छ । कोसी राजमार्गको धरान–धनकुटा सडकमा आज पनि बिहानै देखि यातायात ठप्प छ । प्रशासनले जारी गरेको निषेधाज्ञा आज पनि कायमै रहने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिएका छन् ।

आमहड्ताल आह्वान फिर्ता गरी जनजीवन सामान्य बनाउन आन्दोलनरत पक्षसँग अनुरोध गरिएपनि स्थितिमा सुधार नआएकाले निषेधाज्ञा लम्ब्याउन बाध्य रहेको उप्रेतीको भनाई छ । धनकुटालाई प्रदेश नम्बर १ को अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि गत बिहिवार मध्यान्हदेखि धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

स्थिति सहज बनाउन जरुरी रहेको जिल्लास्थित नागरिक समाजले समेत अपिल गरेको छ ।