काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त रकम बराबरको चेक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन् । कार्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।
साथै बैँकले भूकम्पमा परी ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । एनआईसी एशिया बैँकले देशभर ३६० शाखा कार्यालयहरू, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखारशित शाखा मार्फत बैँकिङ सेवा प्रदान गरिरहेको छ ।