काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ दशमलव ४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत हुनुपर्नेछ । आयोगको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
























