काठमाडौँ– रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार सोमबार बिहान रुकुम चौरजहारीबाट सदरमुकाम खलंगा आउँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


 घाइतेहरूको मिसन हस्पिटल चौरजहारीमा उपचार भइरहेको छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लोडका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान रहेको छ ।

जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको प्रहरीले बताएको छ ।