काठमाडौँ– इजरायली डिफेन्स आर्मी (आइडिएफ)ले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । एक्स ट्वीटरबाट सार्वजनिक उक्त भिडियोमा हमासले बन्धक पारेका दुई जनालाई घाइते अस्पताल पुर्‍याइएको आइडिएफले बताएको छ ।


ADVERTISEMENT


अल शिफा अस्पतालको भनिएको सो भिडियोमा एक जना घाइतेलाई अस्पतालको स्ट्रेचरमा सुताएर गुडाइरहेको र आकासे निलो रंगको टिसर्ट लगाएका अर्का एक जनालाई घचेट्दै हिँडाएको देखिन्छ । तर उनीहरुको अनुहार भने देखिँदैन ।


ADVERTISEMENT

# # #


उक्त भिडियोमा हतियार बोकेका व्यक्तिहरु पनि देखिन्छन् । अस्पताल पु¥याइएका दुईमध्ये एक थाई र अर्का नेपाली रहेको उनीहरुको भनाई छ । नेपाली भनिने व्यक्ति बेपत्ता पारिएका विपीन जोशी हुनसक्ने आशंका गरिएको छ । हमासले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताललाई इजरायलमा आक्रमण गर्न उपयोग गरिरहेको इजरायलले आरोप लगाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत गएका ४९ जना विद्यार्थी हमासले आक्रमण गरेको क्षेत्रमा कार्यरत थिए। हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए।

हमासले त्यसदिन इसराइली र अन्य देशका गरी २४० जनालाई बन्धक बनाएर गजापट्टी लगेका थिए। बन्धक बनाइएकाहरूमा नेपालका विपिन जोशीसमेत रहेको इसराइलले नेपाल सरकारलाई जानकारी दिइसकेको छ।