काठमाडौँ– बल्खुमा जारी दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शन स्थलमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । प्रहरीले मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि सञ्चालन गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन स्थानमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ । तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।
जामर प्रविधि चलाएसँगै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ ।