काठमाडौँ– हरिबोधनीको दिन चितवनको पबित्र नारायणी नदीमा भक्तजनहरुको स्नान गर्न घुईचो लागेको छ । हरिबोधनी एकदशीलाई ठुलो एकादशी पनि भन्ने गरेको छ ।
अरु एकादशी भन्द यो एकादशीको महत्व बढी भएको कारण भक्तजनहरुले यो एकादशीलाई बिशेष महत्वको साथ मनाउने गरेका छन् । बिभिन्न स्थान बाट भक्तजनहरुले नारायणी नदी किनारमा फुलको डोली तोरण र तुलसीको बोट लिएर आएर नदी किनारमा राखेर पुजा गरी फुलको डोली नारायणी नदी सेलाउने गर्छन भने तोरणलाई नदीको वार पार गरेर टाग्ने गरेका छन् ।
भक्तजनहरुले घरमा बनाएको फुलको डोली र तोरणलाई भजन किर्तन गर्दै नदी किनारमा ल्याएको देखिन्थ्यो । हरिशयनी एकाखशीको दिनु सुत्नु भएको भगवान बिष्णु धार्मिक परम्परा अनुसार आजकै दिन उठ्ने भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो एकदशीलाई धुमधामका साथ मनाईन्छ । हरिबोधनी एकादशीको बिशेष महत्व रहेको पण्डीत दिनेश नेपालले बताए ।
यसदिन पबित्र नदी जलाशयहरुमा गएर स्नान गरी ब्रत बसी पुजा आराधना गर्नाले पुण्य प्राप्तीहुने उहाले बताउनु भयो । त्यस्तै चितवनको धार्मिक स्थल देबघाट धाममा भक्तजनहरुको ठुलो सख्यामा उपस्थिति रहने गरेको छ भने चितवनको रत्ननगर पालिकामा रहेको चित्रशारीमा पनि ठुलो मेला लाग्ने गरेको छ ।