काठमाडौँ–  नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।


ADVERTISEMENT


आइतबार प्रतितोला  एक लाख २० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोलाएक लाख २१ हजार ६०० रुपैयाँ पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ मा कायम भएको छ ।