काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ ।
आइतबार प्रतितोला एक लाख २० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोलाएक लाख २१ हजार ६०० रुपैयाँ पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजावी सुन प्रतितोल एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै चाँदीको मूल्य प्रतितोला एक हजार ५४५ मा कायम भएको छ ।