काठमाडौँ– हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) उत्कृष्ट करदात्ताको रुपमा सम्मानित भएको छ ।


ADVERTISEMENT


बुढानिलकण्ठ नगरपालिकाको १० औं नगर स्थापना दिवसको अवसरमा पालिकाले संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्ने ह्याम्स अस्पताललई सम्मानित गरेको हो ।


ADVERTISEMENT

# # #


समारोहमा नगरप्रमुख मिठाराम अधिकारी, नगर उपप्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम अर्यालले हस्तान्तरण गरेको सो सम्मानपत्र अस्पतालका तर्फबाट वरिष्ठ निर्देशक सची रेग्मीले ग्रहण गरेकी थिइन् ।

‘आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकामा संस्थागततर्फ सबैभन्दा बढी सम्पत्ति कर दाखिला गर्नुभएकाले १० औं नगर स्थापना दिवस, २०८० को अवसरमा कदरस्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ,’ नगरपालिकाले प्रदान गरेको ‍सम्मानपत्रमा उल्लेख छ ।

नगरपालिकाको सो सम्मानले थप ऊर्जा तथा हौसला मिलेको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले बताए । स्वास्थ्य क्षेत्रमा अत्याधुनिक सेवा प्रदान गर्दै आएको ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमै पहिलो पटक प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी समेत गरेको छ ।