चितवन – तराईबासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ ।
छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो। चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा विशेष चहलपहल देखिएको थियो। भक्तजनहरूले नदी किनारमा पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएकाछन ।
केही वर्षअघिसम्म तराईबासी समुदायले मुख्य रूपमा मनाउने गरेको छठ पर्व अहिले सबै जातजाति तथा विभिन्न धर्मावलम्बीहरूले समेत मनाउन थालेको तराई सामुदायिक सेवा समिति चितवनका उपाध्यक्ष नारदप्रसाद परियारले बताए । उनले छठ पर्वको छुटै धार्मिक तथा सांस्कृतिक महत्व रहेको बताए । छठ पर्व ४ दिन लगातार चल्ने र छठ पर्व पौराणीक काल देखि हुँदै आएको र यस पर्व सन्तानको दिर्घायु सुस्वनस्थ्य र सम्पुर्ण परिवारको उन्नती प्रगतीको गरिदै आएको उहाले बताए ।
भक्तजनहरूको सहजताका लागि करिब तीन सय मिटर लम्बाइ र ८० मिटर चौडाइको टेन्ट निर्माण गरी बस्न तथा पूजा गर्न आवश्यक व्यवस्था मिलाइएको तराई सेवा समिति चितवनका अध्यक्ष जयकिशोर पाण्डेले बताए । उनले छठ पूजा स्थल निर्माण तथा व्यवस्थापनको काम दाताहरूको सहयोगमा गरिएको बताए ।
चितवनमा छठ पूजा गर्न आउने भक्तजनहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको समितिले जनाएको छ। नारायणी नदी किनारसहित जिल्लाका विभिन्न नदी तथा जलाशयका किनारमा समेत छठ पूजा गर्ने गरिएको छ ।
































