काठमाडौँ– दार्चुलामा हतकडीसहित भागेका थुनुवा समात्न गएका एक प्रहरी जवानको मृत्यु भएको छ ।


ADVERTISEMENT


जबर्जस्ती करणी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षका उमेश सिंह कुँवर भागेपछि पक्राउ गर्न गएका प्रहरी जवान सोहन चौधरीको भीरबाट लडेर मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार थुनुवा कुँवरलाई समात्न कार्यालय भवनको पछाडी भागबाट हामफालेका चौधरीको भीरबाट लडेर टाउकामा चोट लागेको थियो । त्यसक्रममा गम्भरि घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हाल उनको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।

यसैबीच भागेका थुनुवा कुँवरलाई प्रहरीले भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट नियन्त्रणमा लिइसकेको छ।