काठमाडौं-जापानको हकाइदो टापु नजिककै उत्तरी क्षेत्रमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । आगलागीमा परेका ५ जनाको उद्धार गरिएको जापानी सञ्चार माध्यमहरूमा उल्लेख छ । पीडितहरूको पहिचान नभई सकेको हुँदा त्यसका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


आगलागीमा परेका तीन जनालाई प्रहरीले उपचारका लागि अस्पताल पुर्याएको भएतापनि उनीहरूको अवस्थाबारे अझै यकिन गर्न सकेको छैन । गत महिना दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको थियो भने १५० जना भन्दा बढी घाइते भएका थिए ।


ADVERTISEMENT

# # #