काठमाडौं-नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले युवा क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् । इण्डियन प्रिमियर लिग (आईपीएल)मा नेपालबाट पहिलो पटक छनोट भएकोमा क्रिकेटर सन्दीपलाई भट्टराईले बधाई दिएका हुन् ।


ADVERTISEMENT


आइतबार दिल्ली डेयरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा किनेपछि सन्दीपले आईपीएल खेल्ने निश्चित भएको हो । लामिछानेले आईपिएल खेल्न पाउनु समग्र नेपाली क्रिकेट जगतका लागि खुशीको कुरा भएको भट्टराईले बताएका छन् ।


ADVERTISEMENT

# # #


आइतबार साँझ बाबुरामले ट्विटरमार्फत् सन्दीपलाई बधाई दिएका हुन् । ‘नेपालबाट पहिलोपल्ट प्रतिष्ठित आईपीएल खेल्न छनोट भएका १७ वर्षीय सन्दीप लामिछानेलाई हार्दिक बधाई’, बाबुरामले ट्विटरमा भनेका छन्, ‘उनको यो यात्रा समग्र नेपाली क्रिकेट जगतको लागि खुशीको कुरा हो । आगामी दिनमा पनि नेपाली क्रिकेटका प्रशंसकहरुले यस्तै खुशीको खबर सुन्ने थपा अवसर पाउन् ।’