काठमाडौँ– छिमेक लघुवित्त वित्तीय संस्थाले बौद्वस्थित समता शिक्षा निकेतनका विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।


ADVERTISEMENT


संस्थाले ग्लोबल मनी विक–२०२४ को अवसरमा सञ्चालित ‘विद्यार्थीसँग वित्तीय साक्षरता’ कार्यक्रम अन्र्तगत विद्यार्थीहरुलाई वित्तिय सम्बन्धी एकदिने प्रशिक्षण प्रदान गरेको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई वित्तीय व्यवस्थापन, बचत तथा उद्यमशीलतासम्बन्धी आवश्यक ज्ञान प्रदान गरिएको थियो ।


ADVERTISEMENT

# # #


कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले विद्यार्थीलाई ‘ग्लोबल मनी विक’ को अवधारणाबारे प्रष्ट्याए । उनले तालिमबाट विद्यार्थीहरुमा वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञानमा अभिवृद्धि हुनगई बचतमा प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

युवावस्थामै प्राप्त वित्त सम्बन्धी ज्ञानले उद्यमशीलताको विकास हुने तथा समुन्नत भविष्यमा सहजता हुने उनको धारणा छ ।

यस्तै, विद्यालयका प्रधानाध्यापक भिष्म ज्ञवालीले वित्तीय व्यवस्थापनको शुरुवातका लागि विद्यार्थी तथा युवावस्था नै उपयुक्त रहेको जोड दिदैं सो प्रशिक्षण सबै माझ पुग्नुपर्ने बताए । साथै उनले प्रशिक्षणबाट आर्जित ज्ञान व्यवहारिक रुपमा उतार्न समेत विद्यार्थीहरुलाई आग्रह गरे ।

मेष बहादुर बस्नेतले उद्घोष गरेको सो कार्यक्रमको दौरान विद्यार्थीका जिज्ञासाबारे समेत छलफल गरिएको थियो । समारोहमा छिमेकका प्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

समाज र देशको आर्थिक उन्नती गर्नमा विद्यार्थी युवाको ठुलो हात रहेको विषयलाई मनन गर्दै छिमेकले ग्लोबल विक–२०२४ अन्र्तगत ‘विद्यार्थीसंग वित्तिय साक्षरता’ अभियान सञ्चालन गरेको छ ।

यस अयिानबाट विद्यार्थीहरुमा युवावस्थाबाटै वित्तीय व्यवस्थापन सम्बन्धी ज्ञानअभिवृद्धिसंगै वचत गर्ने र त्यसबाट उचित प्रतिफल दिने क्षेत्रमा लगानी गर्ने वानीको विकास हुने अपेक्षा गरिएको छ ।

यसैगरि, संस्थाले प्रशिक्षणमार्फत प्रशिक्षार्थीहरुमा जोखिम न्युनीकरणको लागि वीमाको महत्वको बारेमा ज्ञान हासिलका साथैे, उद्यमशिलता तर्फ अग्रसर गराउने तथा पैसा र धनको उचित प्रयोगमार्फत समृद्धि तथा प्रगतिको बाटोमा अग्रसर गराउने उद्देश्य लिएको छ ।